९ साउन, वीरगञ्ज । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेष्वर प्रसाद कोईरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नं.–९ रानीघाटमा रहेको नेपाली कांग्रेसको बुथ कमिटीको कार्यालयमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । वडा नं.–९ बुथ कमिटीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता शिवजी प्रसाद गुप्ताले गरेका थिए भने प्रमुख अतिथि प्रेम चन्द्र कुश्वाहा रहेका थिए ।
कार्यक्रममा समाजमा योगदान पु¥याएका ५० जना भन्दा बढी जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा रामचन्द्र रौनियार, कुमार बराल, मोतिलाल प्रसाद कलवार, कमल प्रसाद रौनियार, राजेन्द्र तुरहा,छोटेलाल सर्राफ,नुरुल होदा अन्सारी,बिकास रौनियार,जय नाथ साह,उमेश साह,कृष्ण उदास,कनहैया केशरी,सुनिता रौनियार लगाएतका रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कुश्वाहाले बी.पी. कोईरालाको विचार, योगदान र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको भूमिकालाई स्मरण गर्दै युवा पुस्तालाई उहाँको आदर्श पछ्याउन प्रेरित गर्ने खालका विचार व्यक्त गरे । अन्य वक्ताहरूले पनि बी.पी. कोईरालाको योगदानको स्मरण गर्दै जेष्ठ नागरिकप्रतिको सम्मान भावी पुस्ताका लागि प्रेरणादायी हुने बताए।















