प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ साउन, काठमाडौं । निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको भनिएको ‘गडबडी’बारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ। सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा म्याद थपसम्बन्धी प्रस्ताव पेस गरेका थिए, जसलाई सदनले स्वीकृत गरेको छ।

गत असार २३ गते प्रतिनिधिसभाले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ हेरफेरका सन्दर्भलाई लिएर प्रश्न उठेपछि यो छानबिन समिति गठन गरेको थियो। समिति गठन हुँदा यसलाई २१ दिनको समय दिइएको थियो, जुन यही साउन ११ गते सकिँदै थियो। अहिले ७ दिनको म्याद थपिएपछि समितिलाई साउन १९ गतेसम्मको समय मिलेको छ, र सोही दिन प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्ने तयारी छ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि राजीनामा वा अवकाशपछि २ वर्ष कुलिङ पिरियड लागु हुने गरी विधेयक पारित गरेको थियो । तर, विधेयकमा कुलिङ पिरियडको प्रावधान नै निश्कृय हुने भाषा समेत परेको भनेर प्रश्न उठ्यो । यही प्रश्नउपर छानबिन गर्न प्रतिनिधि सभाले कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा समिति गठन गरेको हो ।


सम्बन्धित समाचार
भर्खरै