९ साउन, काठमाडौं । इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिकलाई त्यहाँको अदालतको आदेशपछि थुनामुक्त गरी बिहीबार काठमाडौं ल्याइएको छ।
परराष्ट्र मन्त्रालयले आज उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरूलाई स्वदेश फर्काइएको हो । यद्यपि, परराष्ट्र मन्त्रालयले रिहा भएका नेपालीहरूको नाम भने सार्वजनिक गरेको छैन ।
यसअघि, इजरायल र इरानबीचको द्वन्द्वका क्रममा पनि तीन चरणमा गरी नौ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको मन्त्रालयले जनाएको छ।


















