प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ साउन, काठमाडौं । भिजिट भिसामा कुवेत हिडेका ४७ जना नेपाली महिला नयाँदिल्लीबाट पक्राउ परेका छन् ।

भिजिट भिसामा गएका उनीहरुलाई भारतको नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी नेपाल फर्काइएको हो। दलाललाई ठूलो रकम बुझाएर उनीहरू कुवेत जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बिना कुवेत जान लागेका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा नियन्त्रणमा लिइएको थियो। दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले उनीहरूलाई सुनौली नाका हुँदै हिजो राति रुपन्देही ल्याएको थियो।

यसैबीच, गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलामाथि कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार, उनले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। यस घटनाले भिजिट भिसाको दुरुपयोग गरी हुने मानव बेचबिखनको जोखिमलाई पुनः उजागर गरेको छ।


सम्बन्धित समाचार
भर्खरै