Logo

सुर्खेत, ९ साउन – सुर्खेतमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक दम्पतीको दुःखद निधन भएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको शुक्रबार बिहान आफ्नै घरमा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, दम्पतीले विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेका बेला मेसिनको तार सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँहरूलाई तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

यो घटनाले स्थानीय समुदायमा गहिरो शोक छाएको छ। विद्युतीय उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे यस घटनाले पुनः सचेत गराएको छ।


सम्बन्धित समाचार