Logo

९ साउन,काठमाडौं । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान प्रवेश गरेका कारण पक्राउ परेका ती नेपालीलाई तेहरानस्थित अदालतको आदेशपछि रिहा गरिएको हो।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार नेपाल सरकारको समन्वय, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (क्ष्इः) को सहकार्यमा उनीहरूलाई बिहीबार काठमाडौँ ल्याइएको हो।

इजरायल–इरानबीच गत २०२५ जुन १३ देखि सुरु भएको द्वन्द्वको जटिल परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले सुरक्षाका उपायस्वरूप इजरायल र इरानमा रहेका नेपालीहरूको विवरण संकलन, यात्रा सुझाव र आवश्यक परे उद्धारको प्रक्रिया अघि बढाएको जनाएको छ।

त्यसै क्रममा नेपाल सरकारले भारत सरकारसँगको समन्वयमा ‘अपरेशन सिन्धु’ अन्तर्गत तीन चरणमा नौ जना नेपालीलाई भारतबाट सञ्चालित उद्धार उडानमार्फत सुरक्षितरूपमा फर्काइसकेको मन्त्रालयले जनाएको छ।

उद्धार र समन्वय प्रक्रियामा सहयोग पु¥याएका भारत सरकार, इरान सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतलगायत सबैमा नेपाल सरकारले आभार व्यक्त गरेको छ।


सम्बन्धित समाचार