Logo

१० साउन, काठमाडौँ । टी–२० त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् ।

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुकी पौन ५ बजे शुरू हुनेछ ।

शृङ्खलामा अहिलेसम्म अपराजित रहँदै आएको न्युजिल्यान्ड उपाधि कब्जा गर्ने लक्ष्यमा छ भने यसअघि न्युजिल्यान्डसँगै पराजित भएको दक्षिण अफ्रिका बदला लिँदै उपाधि जित्ने योजनामा छ ।


सम्बन्धित समाचार