Logo

१० साउन, सप्तरी । सप्तरी जिल्लाको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक दम्पतीको ज्यान गएको छ।

ज्यान गुमाउनेमा ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंग मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार, आज बिहान आफ्नै घरमा विद्युतीय रिक्सा चार्ज गर्ने क्रममा दुर्भाग्यपूर्ण घटना भएको हो ।

प्रहरीका अनुसार, सुरुमा श्रीमान बालेश्वरलाई करेन्ट लागेको थियो। उहाँलाई जोगाउन प्रयास गर्दा श्रीमती रामकुमारीलाई पनि करेन्ट लागेको थियो। करेन्टको तीव्रताका कारण दुवै जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार