Logo

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम भएको घोषणा गरेका छन् ।

सीमा विवादका कारण तनावग्रस्त बनेका यी दुई देशबीच हवाई हमलासम्मको स्थिति उत्पन्न भएको थियो, जसमा कम्तीमा ३० जनाले ज्यान गुमाएका थिए । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाको युद्धविराम प्रस्तावलाई स्वागत गर्दै विदेशमन्त्रीले अमेरिकी समकक्षी मार्को रुबियोसँग छलफल गर्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले झडप जारी रहेसम्म दुवै देशसँग कुनै पनि व्यापार सम्झौताबारे कुराकानी नगर्ने चेतावनी दिएका थिए। उनको यो अडानले पनि युद्धविरामका लागि दबाब सिर्जना गरेको मानिएको छ।


सम्बन्धित समाचार