११ साउन,वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि कुल ४५८ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन्।
८८नेपाल क्रिकेट संघ (क्यान)८८ले असार २८ गतेदेखि खेलाडी दर्ता प्रक्रिया खुला गरेको थियो भने साउन ६ गतेलाई अन्तिम म्याद तोकेको थियो। उक्त अवधिभित्र ४ सय ५८ खेलाडीले आफ्नो नाम दर्ता गराएको क्यानले जनाएको छ।
क्यानका अनुसार, दर्ता भएका खेलाडीहरूको विवरण एनपीएलमा सहभागी आठवटै फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ। टोलीहरूले आवश्यक छलफल र मूल्याङ्कन गरेपछि अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने तयारी छ। यसपटकको एनपीएलमा झनै प्रतिस्पर्धात्मक खेल देखिने अपेक्षा गरिएको छ, किनभने उच्च संख्यामा खेलाडीहरूको सहभागिता र टोलीहरूको रणनीतिक छनोट प्रक्रिया बलियो हुने देखिएको छ।

















