Logo

११ साउन, काठमाडौं । सभामुख देवराज घिमिरे आज साँझ स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ६ बजे जेनेभाका लागि उड्ने कार्यतालिका रहेको छ। सभामुख घिमिरे प्रेस विज्ञ शेखर अधिकारीका अनुसार, जेनेभामा आयोजना हुने सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । यो सम्मेलन हरेक पाँच वर्षमा आयोजना हुने एक महत्वपूर्ण विश्वव्यापी संसदीय भेला हो । सभामुख घिमिरेले सम्मेलनका दुई महत्वपूर्ण सत्रहरूमा सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ नामक सत्रहरूमा सहभागी हुनेछन् । यस भ्रमणले संसदीय कूटनीतिमा नेपालको सक्रिय भूमिका र विश्वव्यापी मुद्दाहरूमा संसदीय नेतृत्वको महत्त्वलाई झल्काउँछ।


सम्बन्धित समाचार