Logo

११ साउन,वीरगञ्ज । नेकपा माओवादी केन्द्रको सहायक संगठन युवा कम्युनिष्ट लीग (YCL) नेपालले आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै किसानले भोग्दै आएको रासायनिक मलको चरम अभावप्रति ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा सरकारले पटक–पटक मल आपूर्तिको आश्वासन दिए पनि अवस्था सहज हुन नसकेको र यसले लाखौं किसानलाई गम्भीर संकटमा धकेलेको उल्लेख छ । मल वितरणमा देखिएको पहुँचका आधारमा असमान वितरण, दलाल र बिचौलियाको चलखेल, र कालोबजारी जस्ता गतिविधिले कृषकहरू प्रत्यक्ष मारमा परेको थ्ऋी नेपालले जनाएको छ ।

“कृषि प्रधान देशमा यस्तो अवस्था योजनाबद्ध रूपमा सिर्जना हुनु गम्भीर अपराध हो, जसप्रति थ्ऋी नेपाल घोर भत्र्सना गर्दछ,“ ज्ञापनपत्रमा भनिएको छ । थ्ऋी नेपालले सरकारसँग तत्काल रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई न्यायोचित बनाउन र दीर्घकालीन समाधानका लागि ठोस योजना ल्याउन जोडदार माग गरेको छ । किसानको पीडालाई बेवास्ता नगर्न चेतावनी दिँदै, थ्ऋी नेपालले समयमै समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

 


सम्बन्धित समाचार