Logo

११ साउन,वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकहामैनपुर गाउँपालिका–२ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनी रहेका छन्।

भेडिअर्वा गाउँबाट धोरेतर्फ शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी चौकी धोरे पर्साबाट खटिएको नियमित चेकिङ टोलीले सहनीलाई रोकी खानतलासी गरेको थियो।

प्रहरीले निज सहनीको निलो रङ्गको झोला खानतलासी गर्दा आलु र प्याजभित्र लुकाइछिपाइ राखिएको अवस्थामा बुप्रेनोरफिन १५० एम्पुल, डाइजापाम १५० एम्पुल र प्रोमेथाजिन १५० एम्पुल  गरी कुल ४५० एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिइएका सहनीलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

सम्मानित पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार
भर्खरै