Logo

१२ साउन, काठमाडौं । कंगोको इटुरी प्रान्तस्थित कोमान्डा नगरमा आइतबार भएको विद्रोही आक्रमणमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, यो आक्रमण एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गरी गरिएको थियो।

स्थानीय बासिन्दाका अनुसार, सोमबार बिहानसम्म घटनामा ३८ जनाको शव फेला परेको छ भने केही व्यक्ति अझै सम्पर्कविहीन छन्। मृतकहरूमध्ये धेरैजसो युवा धार्मिक सेवामा आबद्ध व्यक्तिहरू रहेको मन्दिरका प्रमुख पुजारीले बताएका छन् । पुजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ ।

घटनास्थलमा सुरक्षा बलहरू परिचालन गरिए पनि पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरूले पुनः आक्रामक गतिविधि थालेको प्रस्ट भएको छ। केही वर्षदेखि यस क्षेत्रमा कंगो र छिमेकी मुलुकले संयुक्त सुरक्षा अभियान चलाउँदै आएका छन्, तर यस्ता घटनाले सुरक्षा चुनौती अझ बढाएको छ ।

यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले औपचारिक रूपमा लिएको छैन, तर स्थानीय प्रशासनले यसलाई ुएलाइड डेमोक्रेटिक फोर्स ९ब्म्ँ०ु नामक सशस्त्र समूहसँग जोडेर हेरेको छ, जुन लामो समयदेखि यस क्षेत्रमा हिंसात्मक गतिविधिमा संलग्न छ।

यो घटनाले स्थानीय बासिन्दाहरूमा फेरि त्रास फैलिएको छ। मानव अधिकार समूहहरूले सरकारलाई तत्काल राहत, उद्धार र सुरक्षा प्रवर्द्धन गर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै