प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१२ साउन, काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने क्रममा दुई जना तीर्थालु बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका सुजन ढकाल र मोरङ बेलबारीका मनोज न्यौपाने रहेका छन् । प्रारम्भिक अनुमानअनुसार, गहिरो ठाउँबाट कुण्डमा स्नान गर्न पसेका कारण उनीहरू डुबेर बेपत्ता भएको हुन सक्छ ।

बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाको श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूलाई आइतबार नै गोसाइँकुण्ड पठाइएको छ ।


सम्बन्धित समाचार