१२ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिकै बाढीमा फसेका पाँच जनाको नेपाली सेनाले सोमबार बिहान सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकामध्ये चार जना भारतीय तीर्थालु र एक जना नेपाली नागरिक रहेका छन् । आज बिहान सुन्दरीजल खोलामा नुहाइरहेका बेला एक्कासी पानीको बहाव बढेपछि उनीहरू नदीको बीच भागमा फसेका थिए। चारैतिरबाट बाढीले घेरेपछि उनीहरूले ठूलो ढुंगामा चढेर ज्यान जोगाएका थिए ।
तीर्थालुहरू नदीमा फसेको खबर पाएलगत्तै श्री चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरूको सकुशल उद्धार गरेको हो।















