१२ साउन, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोले आज देशभरका आठ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, गएरातिदेखि परेको पानीले देशका विभिन्न भागमा सडक यातायातमा गम्भीर असर पुर्याएको हो ।
पूर्ण रूपमा अवरुद्ध राजमार्गहरूः
कोशी राजमार्गःसङ्खुवासभाको भोटखोला गाउँपालिका क्षेत्र।
नेपाल–चीन नाका जोड्ने पुलस् रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्र।
पासाङ ल्हामु राजमार्गः रसुवा क्षेत्र।
अरनिको राजमार्गः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्र।
मध्यपहाडी राजमार्गः नुवाकोटको शिवपुरी गाउँपालिका, र जाजरकोटको छेडगाड नगरपालिका क्षेत्र।
जाजरकोट–डोल्पा भेरी करिडोर सडकस् रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्र।
कर्णाली करिडोरःहुम्लाको सिमकोट गाउँपालिका क्षेत्र।
एकतर्फी सञ्चालनमा रहेका राजमार्गहरू
काठमाडौँ–नुवाकोट सडकखण्ड अन्तर्गत टोखाबाट नुवाकोट जाने सडक।
कालिगण्डकी करिडोरः बाग्लुङको बाग्लुङ नगरपालिका र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका क्षेत्र।
बेनी–जोमसोम सडकः मुस्ताङको थासाङ गाउँपालिका क्षेत्र।
सहिद राजमार्गः रोल्पाको परिवर्तन गाउँपालिका क्षेत्र।
यातायात आवागमन सहज बनाउन सुरक्षाकर्मी र सडक विभागका कर्मचारीहरू खटिएका छन्। यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।















