Logo

१२ साउन, काठमाडौं । न्याय सेवा आयोगले न्याय प्रशासनमा ठूलो फेरबदल गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको आयोगको बैठकले न्याय समूहका ८४ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो । यो सरुवासँगै विभिन्न महत्त्वपूर्ण पदहरूमा नयाँ अनुहारहरू देखिएका छन्। जसमा ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन् ।

यसैगरी, विभिन्न जिल्ला अदालतका स्रेस्तेदारहरू पनि सर्वोच्च अदालतमा सरुवा भएका छन् । यसरी सरुवा हुनेहरूमा धादिङ जिल्ला अदालतका माधव भण्डारी, चितवन जिल्ला अदालतका विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे र काभ्रेपलान्चोक जिल्ला अदालतका कर्णबहादुर राई रहेका छन् ।

उपसचिवहरूबाहेक, न्याय सेवा आयोगले कानुन समूहका ३ उपसचिव, न्याय समूहका ६३ जना र कानुन समूहका १९ जना शाखा अधिकृतहरूको पनि सरुवा गरेको छ। यस व्यापक सरुवाले न्याय प्रशासनमा नयाँ गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार
भर्खरै