१२ साउन, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा विमल पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबार ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सो पद रिक्त भएको थियो।
त्यस्तै, रजिस्ट्रार पदमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ। अब मन्त्रिपरिषद्ले यो बढुवाको निर्णय गरेपछि उनीहरूको औपचारिक पदस्थापन हुनेछ।
















