Logo

१२ साउन,जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–४ मा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। मृतक २३ वर्षीया शोभा मण्डल हुन्, जो चन्दन मण्डलकी पत्नी हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैथाका अनुसार, राति करिब १२ः३० बजे शोभा मण्डल झुण्डिएको अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुग्दा प्रहरीले शव ओछ्यानमा राखिएको अवस्थामा फेला पारेको थियो।

प्रहरीका अनुसार, घरपरिवारले झुण्डिएको देखेपछि पासो काटेर शव ओछ्यानमा राखेको बयान दिएका छन्। यद्यपि, घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ।

माइती पक्षद्वारा हत्या भएको दाबी
शोभा मण्डलको माइती पक्षले भने यो घटना आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। उनका आफन्तका अनुसार, दाइजोको विषयलाई लिएर घरायसी झगडा हुने गरेको थियो।

शोभाको विवाह पाँच वर्ष अघि चन्दन मण्डलसँग भएको थियो। दम्पतीकी एक छोरी छिन्। शोभाको माइती महोत्तरीको बर्दिबास नगरपालिका–१४, माइस्थान रहेको छ।

थप अनुसन्धान जारी
प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाइसकेको छ। प्रारम्भिक अनुसन्धान चलिरहेको र शंकास्पद कोणबाट पनि अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।


सम्बन्धित समाचार