प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ।

मंगलबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो । निर्वाचन समितिमा कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठलाई संयोजक तोकिएको छ भने सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन् । यस समितिले अब संसदीय दलको नेता चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ।

यो निर्णय मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि आएको हो । मंगलबार लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भएको मतदानमा उहाँको पक्षमा १५ मत मात्र परेको थियो भने विपक्षमा २२ मत खसेको थियो। यो मत परिणामसँगै लामाले दलको नेताका रूपमा विश्वास गुमाएका हुन् ।


सम्बन्धित समाचार