Logo

१४ साउन, काठमाडौँ । नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० आज काठमाडौँ जिल्लामा चार घण्टाका लागि अवरुद्ध हुने भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आकस्मिक नम्बर १०० मा फोन नलाग्ने जानकारी दिएको हो ।

कार्यालयका अनुसार भद्रकालीमा रहेको नव–निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुन लागेको हो ।

सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।

 

प्रहरीले मर्मत सम्भारको अवधिमा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै वैकल्पिक नम्बरको प्रयोग गरी सहयोग गर्न अनुरोध गरेको छ ।


सम्बन्धित समाचार