Logo

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।

उहाँको सम्बोधन मुख्यतया ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी विषयमा केन्द्रित रहनेछ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफसहित प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ।


सम्बन्धित समाचार