प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

आज हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले आफ्ना प्रतिस्पर्धी बहादुर सिंह लामालाई पराजित गरेका हुन् । कुल ३७ मत खसेकोमा बानियाँले २२ मत प्राप्त गरेका थिए भने लामाले १४ मत मात्रै पाएका थिए । बागमती प्रदेश सभामा कांग्रेसका कुल ३७ सांसद छन् । बानियाँले यसअघि तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । जुन २२ मतले नै पारित भएको थियो ।

बानियाँ र लामाबीचको दोस्रो पटक भिडन्त

यसपटक बानियाँ र लामा संसदीय दलको नेताका लागि दोस्रो पटक आमनेसामने भएका हुन्। यसअघि २०७९ सालमा भएको निर्वाचनमा लामाले बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित भएका थिए । बानियाँले यो पटक लामालाई त्यसको बदला लिएका छन् ।


सम्बन्धित समाचार