१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।
सरकार गठनको एक वर्ष पूरा भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को समीक्षा तथा हेरफेरको तयारी गरिरहेका छन्। प्रधानमन्त्री ओलीले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवासँग यसै विषयमा छलफल गरिरहेको बताइएको छ।
सरकारको एक वर्षको कार्यकालपछि हुने यो मन्त्रिपरिषद् हेरफेरले राजनीतिक वृत्तमा कस्तो प्रभाव पार्ला ? त्यो हेर्न बाँकी छ ।

















