प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ साउन, काठमाडौं ।  उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदे सहमति भएको स्पष्ट पारेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले ६–६ महिनामा सरकार परिवर्तन हुने अस्थिरताको बाटोलाई तोडेर वर्तमान गठबन्धन सरकार अघि बढेको तर्क गरे। सिंहका अनुसार, सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासो बढिरहेको बेला स्थायित्व, स्थिरता र सुशासन दिन जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएका हुन्। उनले भने, …जनताले सरकार बनेदेखि दिनगन्ती सुरु हुन्छ। सरकारले के काम गर्दछ? भन्न थाले। स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गठबन्धनको आवश्यकता भएर बनेको हो।

राजनीतिमा लाग्नुको उद्देश्य र वर्तमान अवस्था

उपप्रधानमन्त्री सिंहले आफूहरू जनताको अधिकार पुनर्वहाली गर्न राजनीतिमा लागेको र पद प्राप्ति मात्र उद्देश्य नरहेको बताए। उनले अहिले राजनीति गरेकै आधारमा जेल जानु पर्ने, प्रहरीको लाठी खानु पर्ने वा निर्वासित जीवन बिताउनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै पुरानो संघर्षमय अवस्थालाई स्मरण गरे।

७ बुँदे सहमतिको महत्व

मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला सिंहले ७ बुँदे समझदारीको महत्वलाई कम आँकलन नगर्न आग्रह गरे। उनले भने, …सरकारमा खाली मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ। सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आंकलन नगरौँ। उनले राजनीतिक स्थिरता ल्याउनका लागि देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले अन्य दलहरूलाई पनि समेटेर वर्तमान गठबन्धन सरकार चलाइरहेको बताए । सिंहले नेपाली कांग्रेसलाई अझ व्यवस्थित गरेर अघि बढाउनु पर्नेमा पनि जोड दिए।


सम्बन्धित समाचार