१५ साउन, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १८ वटा महत्त्वपूर्ण निर्णयहरू बिहीबार सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
मुख्य निर्णयहरू
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तान भ्रमण लाई स्वीकृति दिएको छ। यसबाहेक, विभिन्न पदहरूमा नियुक्ति तथा बढुवाका निर्णयहरू पनि भएका छन् । केही सहसचिवहरूलाई सचिव पदमा बढुवा गरिएको छ। नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्ति नियुक्त गरिएको छ । ध्रुवराज भट्टराईलाई नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा नियुक्त गरिएको हो ।



















