प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ साउन, काठमाडौं । सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा आज दिउँसो भएको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा भएको उक्त छलफलमा संसद्‌मा विचाराधीन विधेयकहरू र कानुन संशोधनका विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।

बैठकमा विशेषगरी कानुन संशोधनका विषयमा छलफल भएको र यसका लागि महान्यायाधिवक्ता रमेश बडाल समेत उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। बैठक स्रोतका अनुसार, मन्त्रिपरिषद् हेरफेरको विषयमा भने आजको छलफलमा कुनै कुरा उठेको थिएन। ‘आजको बैठकमा मन्त्री हेरफेरको एजेन्डा पनि थिएन,’ स्रोतले भन्यो, ‘विधेयकबारे छलफल गर्नुपर्ने भएकाले नै महान्यायाधिवक्ता समेतलाई बोलाइएको हो ।

बागमतीको विवाद बैठकमा इन्ट्री

यसैबीच, सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे केन्द्रमा चासो देखाएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र कांग्रेस बीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे जिज्ञासा राखेका हुन् । एमालेको चासोमा नेपाली कांग्रेसले भने यो आफ्नो आन्तरिक विषय भएको र आफैं मिलाउने जवाफ दिएको छ ।

छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।

 


सम्बन्धित समाचार