प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

काठमाडौं, साउन १५ – करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी पक्राउ परेका छन्।

दोलखाको मेलुङ गाउँपालिका–६ का स्थायी बासिन्दा ३४ वर्षीय केसीलाई भक्तपुरबाट नियन्त्रणमा लिई रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले जानकारी दिए।

मार्गदर्शन बहुउद्देश्यीय सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ। यस सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २०८१ वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो।


सम्बन्धित समाचार