प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ साउन, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएपछि लामाले यो निर्णय गरेका हुन् ।

मुख्यमन्त्री लामा निकट प्रदेश सांसद तीर्थ लामाका अनुसार, सभापतिको निर्देशनपछि लामाले भोलिसम्म राजीनामा दिने तयारी छ।

पार्टीभित्रको विवाद

लामाले मुख्यमन्त्रीको एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् । उनीविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भइसकेको थियो र पार्टीले इन्द्र बानियाँलाई संसदीय दलको नयाँ नेतामा चुनिसकेको छ। एक पक्षको दाबीअनुसार, लामाले मुख्यमन्त्री बन्नुअघि नै एक वर्षपछि राजीनामा गर्ने गरी बानियाँसँग सहमति गरेका थिए। तर, लामाले संविधानको धारा १६८ ९२० अनुसार दलको नेता नभए पनि मुख्यमन्त्री हुन सकिने भन्दै राजीनामा दिन आनाकानी गरिरहेका थिए। अब भने देउवाको निर्देशनपछि उनले राजीनामा दिने निश्चित भएको हो ।

बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेको छ। कांग्रेसभित्रको यो विवाद समाधान गर्न बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल समेत भएको थियो। राजीनामापछि कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई अगाडि सारिने तयारी छ।


सम्बन्धित समाचार