प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ साउन, काठमाडौं। गृहमन्त्री रमेश लेखकले देशलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्यूरो को निरीक्षण गर्दै उनले लागुऔषधको उत्पादन, भण्डारण र प्रयोग अहिलेको ठूलो चुनौती भएको बताएका हुन्।

लागुऔषधको बढ्दो चुनौती

गृहमन्त्री लेखकले लागुऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराधजस्ता अन्य समस्याहरूलाई पनि बढावा दिने बताए। उनले युवा वर्गमा लागुऔषधको लत बढ्नु देशको भविष्यका लागि चिन्ताको विषय भएको भन्दै सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए।

प्रहरीलाई निर्देशन

गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण ब्यूरोलाई विभागको रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उनले प्रहरी महानिरीक्षक दीपक थापालाई यसका लागि तयारी अगाडि बढाउन निर्देशन दिएका छन्। थापाले पनि गृहमन्त्रीको यो प्रस्तावको प्रशंसा गरेका छन् ।

लेखकले पछिल्लो एक वर्षमा लागुऔषधविरुद्धको अभियानले राम्रो नतिजा ल्याएको र आगामी दिनमा पनि थप प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए। उनले लागुऔषधको अपराधमा संलग्नलाई कारबाही गर्नुका साथै यस विरुद्धको अभियानमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित समाचार