Logo

१७ साउन, वीरगञ्ज। वीरगञ्जका पत्रकार क्रान्ति शाहलाई स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। वीरगञ्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष एक जना सक्रिय पत्रकारलाई ५१ हजार रुपैयाँ राशिको यो पुरस्कार प्रदान गर्दै आएको छ।

शनिबार बसेको प्रतीक प्रकाशन समूहको बैठकले यस वर्षको ुसुबोध स्मृति पत्रकारिता पुरस्कारु अन्नपूर्ण पोस्ट् पत्रिकाका पर्सा जिल्ला संवाददाता तथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई दिने निर्णय गरेको हो।

त्यस्तै बैठकले उत्कृष्ट स्तम्भकारका रूपमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददाताका रूपमा प्रतीक दैनिक र मधेस खबरका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णय पनि गरेको छ।

आगामी भदौ १ गते प्रतीक दैनिकको वार्षिकोत्सवका दिन पत्रकार शाह, खनाल र यादवलाई पुरस्कृत गरिने प्रतीक प्रकाशन समूहले जनाएको छ।


सम्बन्धित समाचार