१८ साउन, काठमाडौं । सभामुख देवराज घिमिरे ले नेपालको संसद्ले आगामी भदौ २ र ३ गते जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने जानकारी दिएका छन् ।
छैटौं विश्व सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि उनले यो कुरा बताएका हुन् । सभामुख घिमिरेका अनुसार, अन्तर व्यवस्थापिका संघ ९क्ष्एग्० का अध्यक्षसँग पनि यस विषयमा कुराकानी भएको छ। क्ष्एग् को आयोजनामा आगामी जनवरी ३० र ३१ मा एसिया-प्यासिफिक क्षेत्रको जलवायु परिवर्तनको असरसँग सम्बन्धित अर्को कार्यक्रम पनि काठमाडौँमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
सभामुख घिमिरे ११ साउनमा जेनेभामा भएको अन्तर(व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी भएका थिए। यस भ्रमणका क्रममा उनले विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट र छलफल गरेका थिए ।















