राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमै आएको छ।
पार्टीका महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देन लाई पत्र लेख्दै पछिल्ला निर्णयहरूलाई स्वेच्छाचारी र विधानविपरीत भन्दै सच्याउन आग्रह गरेका छन्।
राणाको पत्रमा उल्लेख भएका मुख्य बुँदाहरू?
राणाले अनुशासन समिति अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती, र उपाध्यक्ष मुकुन्दश्याम गिरी लाई विधानविपरीत तथा स्पष्टीकरणको मौका नै नदिई पदमुक्त गरिएकोमा आपत्ति जनाएका छन्। अध्यक्षका स्वकीय सचिव छत्र खडायत ले पार्टीकै युवा नेता तथा पत्रकार राजू गैरे माथि भौतिक आक्रमण गरेको घटनालाई उनले ुदुस्खद र निन्दनीयु भनेका छन्। जिल्ला पर्यवेक्षकको नियुक्तिस् जिल्ला अधिवेशनको समयमा केन्द्रीय निर्वाचन समितिको निर्देशनविपरीत अध्यक्ष लिङ्देनले एकलौटी ढंगले पर्यवेक्षकहरू तोकेको आरोप राणाले लगाएका छन्। उनले यो प्रक्रियागत त्रुटि भएको भन्दै यसलाई सच्याउनुपर्ने माग गरेका छन्। साथै पार्टीभित्र उत्पन्न यी तमाम समस्या समाधान गर्नका लागि तत्काल केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन पनि राणाले माग गरेका छन्।
महामन्त्री राणाले अध्यक्षका पछिल्ला कदमहरूले पार्टी कार्यकर्ता र शुभचिन्तकहरूमा चिन्ता बढाएको र यसले पार्टीको एकतामा असर पुऱ्याउने बताएका छन्। उनले पार्टी विधान र प्रजातान्त्रिक मान्यताको पालना गर्दै सबै गल्तीहरू सच्याउनुपर्नेमा जोड दिएका छन्।















