Logo

१८ साउन, काठमाडौं। मुग्लिन(पोखरा सडकखण्ड अन्तर्गत तनहुँको ऐना पहरामा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र यससम्बन्धी थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ। बस मर्स्याङ्दी नदीको किनारामा पल्टिएको अवस्थामा फेला परेको र थप यात्रुहरूको खोजी भइरहेको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन।

यसअघि २०८१ भदौ ७ गते पनि भारतीय तीर्थयात्री सवार एक बस यही ठाउँबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।


सम्बन्धित समाचार