Logo

सांकेतिक तस्वीर

१९ साउन, दरभांगा (बिहार) । भारतको बिहारस्थित दरभंगा बाल सुधार गृहमा एक नाबालिग कैदीले वासरुमभित्र आत्महत्या गरेका छन् । अपहरणको आरोपमा गत जुलाई २९ मा सुधार गृहमा ल्याइएका दिलखुश चौपालको आज मृत्यु भएको हो । उनको मृत्युपछि परिवारले भने हत्याको आरोप लगाएका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै प्रशासनले उनलाई तत्काल दरभंगास्थित DMCH अस्पताल पुर्‍याएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे । यसपछि प्रहरी र जिल्ला प्रशासनका अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन् ।

प्रशासनले यसलाई प्रारम्भिक रूपमा आत्महत्या मानेको छ भने मृतकका आफन्तहरूले भने सुधार गृहका अधिकारीहरू र मुद्दा हाल्ने व्यक्तिले मिलेर हत्या गरेको आरोप लगाएका छन् । मृतककी फुपू सीता देवीले एक दिनअघि मात्र फोनमा कुरा गर्दा उनले आफूमाथि कुटपिट हुने गरेको बताएको जानकारी दिइन् ।

दरभंगा सदरका एसडीएम विकास कुमारले घटना आत्महत्याको जस्तो देखिएको र शवको पोस्टमार्टम गराइने बताएका छन् । पोस्टमार्टमको भिडियोग्राफी पनि गरिने उनको भनाइ छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको सही कारण पत्ता लाग्नेछ ।


सम्बन्धित समाचार