१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को जवाफसँगै समापन हुँदैछ।
गत शुक्रबारदेखि पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी बैठकमा नेताहरूले उठाएका विभिन्न प्रश्न र सुझावमाथि प्रचण्डले आफ्नो धारणा राखेर बैठकलाई निष्कर्षमा पुर्याउने तयारी गरिएको छ। बैठकमा अधिकांश नेताहरूले अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजलाई समर्थन गरे पनि उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्की लगायत केही नेताहरूले भने असहमति जनाएका थिए । जनार्दन शर्माको अडानस् विशेष महाधिवेशनको प्रस्ताव गरेका शर्मालाई बैठकमा आत्मालोचना गर्न सुझाव दिइएको थियो। तर, शर्माले आफूले मात्र होइन, अध्यक्ष प्रचण्डले पनि आत्मालोचना गर्नुपर्ने अडान राखेका छन् ।
आजको बैठकमा प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले पनि आफ्ना धारणा राख्नेछन्। आज बिहान ११ बजेबाट सुरु हुने बैठकमा प्रचण्डले आफ्ना विरोधीहरूको तर्कको खण्डन गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सन्देश दिने अपेक्षा गरिएको छ।















