१९ साउन,काठमाडौं । ७८ लाख रुपैयाँभन्दा बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी निवासी २१ वर्षीय सुशान्त दाहाल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, दाहालले कुल ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अभौतिक मुद्रा कारोबार गर्न नपाइने प्रावधानविपरीत कार्य गरेको आरोपमा दाहालमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेंसी कारोबारलाई गैरकानुनी मानेको छ र यसप्रति निरन्तर निगरानी गर्दै आएको छ।















