प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ साउन,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्दै फेरि जनतामा जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका निम्ति सिंगो मुलुकलाई एकताबद्ध गर्न र अब आउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्न पार्टी एकताबद्ध भएको निष्कर्ष निकालेको छ’, अध्यक्ष दाहालले भने।


सम्बन्धित समाचार