Logo

२० साउन, काठमाडौं । लाओसबाट हवाईमार्ग हुँदै नेपाल भित्र्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतका ३५ वर्षीय फिरोज अहमल र ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल छन्।

विमानस्थलको अराइभल एरियाबाट पक्राउ

१७ साउनमा लाओसबाट बैंकक हुँदै काठमाडौं आएका फिरोज अहमललाई विमानस्थलको अराइभल एरियाबाट करिब ४ किलो सेतो हेरोइनसहित ब्यूरोको टोलीले पक्राउ गरेको हो।

त्यसको भोलिपल्ट, १८ साउनमा लाओसबाटै बैंकक हुँदै काठमाडौं आएका कुर्नाल भेललाई पनि ३ किलो ८ सय ग्राम सेतो हेरोइनसहित सोही स्थानबाट पक्राउ गरिएको ब्यूरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।

ब्यूरोको सक्रियता र अनुसन्धान जारी

लागुऔषध नियन्त्रण ब्यूरोले पछिल्लो समय अन्तर्राष्ट्रिय लागुऔषध तस्करीमा संलग्न समूहमाथि निगरानी बढाएको छ। सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान जारी रहेको कोइरालाले बताए।

प्रहरीले बरामद गरेको करिब ८ किलो सेतो हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं रुपैयाँ पर्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार