Logo

२० साउन, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ८ जना मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट २ जना र नेकपा एमालेबाट ६ जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बानियाँले कांग्रेसबाट कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन्।

एमालेबाट भने मधुसुदन पौडेल कृषि तथा पशुपंछी विकास मन्त्री, डाक्टर दिनेश चन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसी वन तथा वातावरण मन्त्री, किरण थापा स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनेका छन्।

नेपाली कांग्रेसको भागमा परेका ७ मन्त्रालयमध्ये दुई मन्त्री नियुक्त गरेर बाँकी ५ वटा मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफैसँग राखेका छन्। यस नयाँ विस्तारसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।


सम्बन्धित समाचार