Logo

२० साउन, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसमा रहेको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्नुपर्ने बताएका छन्। उनले आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा यस्तो निर्देशन दिएका हुन्।

मन्त्री यादवले भने, “तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ठोस उपायमा काम गर्न म विभागलाई निर्देशन दिन्छु।“ उनले खानेपानी मन्त्रालयले विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको पनि बताए।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा भएका कामहरूको विस्तृत जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र सहसचिव मीना श्रेष्ठले विभागले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गरेका थिए।


सम्बन्धित समाचार