२१ साउन,काठमाडौं । हमास नियन्त्रित मिडिया कार्यालयले गाजामा राहत सामग्री बोकेको ट्रक भीडमाथि पल्टिँदा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ। यस दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन्।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलले अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार घटना मध्य गाजाको एक शरणार्थी शिविर नजिकै मध्यराति भएको हो।
इजरायली सेनाले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ भने बीबीसीले गाजामा राहत सामग्रीको निगरानी गर्ने इजरायली सैन्य एकाइ सीओजीएटीसँग पनि प्रतिक्रिया खोजिरहेको छ।
संयुक्त राष्ट्रसंघका तथ्याङ्क अनुसार यस वर्ष मे महिनाको अन्त्यदेखि गाजामा खाद्यान्न अभावका कारण १,३०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।
इजरायली सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्ट गर्न अनुमति नदिएकोले स्थानीय अवस्थाको सही तस्वीर पाउन कठिनाइ भइरहेको छ।

















