२१ साउन,वीरगञ्ज । मध्य नेपाल सन्देश साप्ताहिकले प्रकाशनको दशौं वार्षिक उत्सवको अवसरमा पत्रिकाका नियमित स्तम्भकार र पत्रकारलाई सम्मानित गर्ने भएको छ । मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले पत्रिकाका स्तम्भकार र उत्कृष्ट पत्रकारलाई सम्मान दिने निर्णय गरेको हो ।
साप्ताहिकको स्तम्भ ‘खोजी जवाफदेहिताको’का स्तम्भकार शिवनाथ प्रसाद यादवलाई सम्मानित गर्ने भएको छ । मध्य नेपालको स्थापनाकालदेखि सुशासन प्रवद्र्धनलक्षित स्तम्भ ‘खोजी जवाफदेहिताको’ प्रकाशित हुँदै आएको छ ।
विगत १० वर्षदेखि महिला सशक्तिकरणका विषयमा कलम चलाउँदै आउनुभएकी स्तम्भकार गिता भण्डारीलाई सम्मानित गरिने भएको छ । त्यसैगरी मधेश प्रदेशको उत्कृष्ट पत्रकारको रुपमा पत्रकार मनिका झालाई सम्मानित गरिने भएको हो ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको पूर्वअध्यक्षसमेत रहनुभएकी झा विगत करिब २ दशकदेखि विभिन्न सञ्चारमाध्यममा कार्यरत छन् ।















