Logo

२१ साउन, वीरगञ्ज । धनुषामा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायरसमेत गर्नुपरेको छ।

धनुषाको विदेह नगरपालिका(२ दुहवीस्थित आँप बगैँचामा बुधबार साँझ सवा ८ बजेतिर यो घटना भएको हो। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए।

झडप बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआरबाट ४ राउन्ड हवाई फायर गरेको थियो। ढुङ्गामुढा प्रहार गर्नेहरूले तस्करीको केही सामान लुकाउन सफल भए पनि प्रहरीले एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका केन्द्रीय सह(प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।


सम्बन्धित समाचार