Logo

२२ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा एक किशोरीले अस्पतालमा बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ।

पेट दुखेर अस्पताल पुगेकी अविवाहित किशोरीले साउन २० गते शिशुलाई जन्म दिएपछि यो घटनाबारे रहस्य खुलेको हो। अस्पतालको सूचनापछि प्रहरीले सोधपुछ गर्दा किशोरीले आफूमाथि पटक-पटक बलात्कार भएको र त्यसैबाट गर्भ रहेको बताएकी छिन्।

यस घटनाको अनुसन्धानका लागि प्रहरीले सिन्धुपाल्चोककै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। पीडित किशोरीले गर्भवती भएको कुरा परिवारलाई समेत बताएकी थिइनन्। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ।

 


सम्बन्धित समाचार
भर्खरै