Logo


२२ साउन,काठमाडौं । नेपाल प्रहरीमा हालै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ११ जना अधिकारीहरूको पदस्थापन गरिएको छ।

बुधबार राति गरिएको पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, पोखरामा खटाइएको छ।

त्यसैगरी, एसएसपी राकेश सिंह गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवामा पदस्थापन भएका छन् भने एसएसपी राजीवबहादुर बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज, बाँके) मा पठाइएको छ।

यस्तो छ पदस्थापन सूची –

 


सम्बन्धित समाचार
भर्खरै