Logo

२२ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा छलफल भएको भट्टराईले बताएका छन् । उनले लामिछानेमाथि लागेको अभियोग पुष्टि नभइसकेको र उनी भागेर जाने सम्भावना नभएको पनि बताए। नेसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि भैरहवा पुगेका भट्टराईले कारागारमा लामिछानेसँग भेटघाट गरेका थिए।

 

 


सम्बन्धित समाचार
भर्खरै