Logo

२२ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वद्र्धन, मर्मत–सम्भार र प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी दिइएको छ।

महानगर प्रमुख राजेशमान सिंहको हस्ताक्षर भएको पत्रमार्फत खेतानलाई उक्त दायित्व दिइएको हो। महानगरले जारी गरेको पत्रमा उल्लेख गरिएअनुसार, यसअघि पनि खेतानले रंगशालाको समुचित संरक्षण र व्यवस्थापनमा पु¥याएको योगदान प्रशंसनीय रहेकोले उनलाई पुनः संयोजक बनाइएको जनाइएको छ।

महानगरपालिकाले अब रंगशालालाई केवल खेलकुद क्षेत्रको वृत्ति विकास र स्तरोन्नयनका लागि प्रयोग गर्ने नीति लिएको छ। सोही नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुभवी, इमान्दार र समर्पित नेतृत्व आवश्यक भएकोले खेतानलाई संयोजक जिम्मेवारी दिइएको बताइएको छ।

खेतानको भूमिकामा नगरपालिकाको अपेक्षा
नगरपालिकाले गोपाल प्रसाद खेतानबाट रंगशालाको समग्र समन्वय, मर्मत–सम्भार, व्यवस्थापन तथा स्थानीय खेल गतिविधिहरूको प्रवद्र्धनमा योगदान दिने अपेक्षा राखेको छ। उनीसँगको अनुभव, ज्ञान र सिपमार्फत रंगशालाको दिगो र व्यवस्थित सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

महानगर प्रमुख सिंहले खेतानलाई सफल कार्यकालको शुभकामना दिँदै, “ईमान्दारिता र लगनशीलता साथ आफ्नो दायित्व निर्वाह गर्नुहोस्,” भन्ने आग्रह समेत गरेका छन्।

रंगशालाको अवस्था र सार्वजनिक प्रतिक्रिया
आदर्शनगर रंगशाला वीरगंजको एक महत्वपूर्ण खेल संरचना हो। यहाँ विगतमा विविध खेलकुद प्रतियोगिता तथा सार्वजनिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। पछिल्ला केही वर्षमा यसको मर्मत, स्तरोन्नति तथा व्यवस्थित सञ्चालनको माग स्थानीयस्तरबाट उठ्दै आएको थियो।

खेतानको संयोजकमा पुनः नियुक्तिको खबर सार्वजनिक भएसँगै खेलकुद क्षेत्रका अभियन्ता, खेलाडी तथा स्थानीय बासिन्दाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले खेतानको नेतृत्वमा रंगशालाको व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
गोपाल प्रसाद खेतानको संयोजक नियुक्ति वीरगञ्ज महानगरले खेल क्षेत्रको सुधार र दीर्घकालीन विकासप्रति देखाएको प्रतिबद्धताको एक उदाहरण हो। अब रंगशालालाई व्यवस्थित, पहुँचयोग्य र पेशागत खेल गतिविधिका लागि उपयुक्त स्थल बनाउन खेतानको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार