प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२२ साउन,सिम्रौनगढ ।बहुबिवाहलाई वैधीकरण गर्ने प्रयासका विरुद्धमा आज बाराको सिम्रौनगढ बजारमा महिलाहरूले जुलुस प्रदर्शन गरेका छन्।
सिम्रौनगढस्थित कंकाली मन्दिर परिसरबाट नारा जुलुससहित निस्किएको उक्त प्रदर्शनले सिम्रौनगढको इलाका प्रशासन कार्यालय हुँदै पुरै बजार परिक्रमा गरेको थियो।

फुलपती देवीको नेतृत्वमा महिलाको सक्रिय सहभागिता
स्थानीय समाजसेविका फुलपती देवीको नेतृत्वमा गरिएको सो जुलुसमा करिब १५० जना महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्। महिलाहरूले “बहुबिवाह खारेज गर”, “एक पत्नी निति कायम गर” जस्ता नारासमेत लगाएका थिए।

दुई संस्था संयुक्त रूपमा आयोजक
उक्त प्रदर्शन भागवती महिला समूह, सिम्रौनगढ–६ र नागरिक विकास संघर्षशील संस्था, सिम्रौनगढ–४ को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
आयोजकहरूले बहुबिवाहलाई वैध बनाउने कुनै पनि कानुनी पहलले समाजमा महिला अधिकार र समानताको प्रतिकूल असर पार्ने बताएका छन्।

सामाजिक सन्देशसहितको शान्तिपूर्ण प्रदर्शन
जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सहभागी महिलाहरूले समाजमा बहुबिवाहको दुष्परिणाम र त्यसले महिलामाथि पार्ने मानसिक, सामाजिक र आर्थिक असरबारे चेतनामूलक सन्देश पनि प्रवाह गरेका थिए।

सिम्रौनगढमा भएको यो प्रदर्शन बहुबिवाहलाई वैध बनाउने प्रयासप्रति स्थानिय महिलाहरूको असन्तोष र सचेत प्रतिवादको प्रतीकका रूपमा देखिएको छ।
उनीहरूले आगामी दिनमा पनि यस्ता प्रयासविरुद्ध सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार